आजदेखि मौसममा पूर्ण सुधार हुँदै

माघ २३,काठमाण्डाै –  आजदेखि मौसममा पूर्ण सुधार हुने मौसमविदले जान्कारी गरेका छन। केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताउछन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे भने घाम लाग्नेछ ।

अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।गत बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।
हिमाली र पहाडी जिल्लामा हिमपात र बर्षाले जनजीवन प्रभावित बनेको छ ।