Gold
Bangad salyan

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत फेला

माघ २३ काठमान्डौ – काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएका एक जना युवक मृत फेलापरेका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको जनाएको छ।

उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न आएको छ । प्रहरीले थप अनुसंधान भैइरहेको जनाएको छ।