संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा

काठमान्डौ – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त रहेको बताएका छन।यो संगै ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको र निर्वाचन टार्ने गरी भएका अनेकन बहस सकिएको थापाले बताएका हुन।

स्थानीय तहको निर्वाचन मिति तोकिनु संविधानको मर्म अनुरूप छ सबैले सदैव हेक्का राख्नु पर्दछ। त्यस्तै संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको पनि थापाले बताएका छन।सरकारले स्थानीय निर्वाचन २०७९ बैशाख ३० एकै साथ गर्ने गरि मिति सार्वजनिक गरेको छ। फाईल तस्वीर