अब एमसीसी संसदीय समितीमा टेबल हुने कुन पार्टी सहमति
काठमाडौं – अब एमसीसी संसदीय समितीमा टेबल हुने भएको छ। संसदमा सांसदहरुबिच छलफल गरेपछीनै एमसीसी पारित गर्ने वा नगर्ने टुंगो लाग्ने छ।
सरकारले सभामुख अग्नि साप्कोटालाई संसदबाट एमसीसी जसरी पारित गराउन दबाब दिईरहेको छ। जस्को लागि सभामुख सापकोटा आफ्नो गृहकार्यमा लागिपरेका छन। अहिले संसद संचालन छैन।सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेको बताएईको छ।
उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ ।
माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ । उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ ।file foto