हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक
काठमाडौ – हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । घिमिरेको ६८ बर्षीया आमा विमला घिमिरेको शुक्रबार बिहान २ बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो।
९ महिना अगाडि मस्तिस्कघात भएपछि बिमला घिमिरेको ग्रिनसिटी अस्पताल उपचार हुँदै आएको थियो । घिमिरे ‘पाँडेको आमाको दु:खद निधनप्रती सुभचिन्तक र कलाकारहरुले दु:ख व्यक्त गरेका छन।