प्रहरीले लाठीचार्ज गर्दा वाईसीएल नेपालको संयोजक सुमन देवकोटा गम्भीर घाईते

फागुन ४ काठमान्डौ – एमसीसीविरुद्ध भैइरहेको विरोध प्रदर्शनमा वाई सीएल नेपालको संयोजक सुमन देवकोटा गम्भीर घाईते भएका छन। उनको टाउकोमा गम्भीर चोट लागेको छ भने उपचारको लागि अस्पताल लागिएको छ।

नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका बेला प्रदर्शनकारी प्रहरीबीच झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दा सुमन देवकोटाको टाउकोमा चोट् लागेको हो ।

अहिले बानेश्वर क्षेत्रमा तनावग्रस्त छ।माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्व, नेकपा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को समूह पनि एमसीसीको विरोधमा उत्रिएको छ ।विरोध प्रदर्शनका कारण माइतीघर तीनकुने सडक खण्डमा यातायात सेवा सबै बन्द गरिएको छ । आज नेपाल बन्द समेत रहेको छ।