बालाजुमा पैदल यात्रीलाई हानेर फरार भएका चालक प,क्राउ

काठमाण्डाै – काठमाण्डौको बालाजुमा पैदल यात्रीलाई हानेर फरार भएका चालक प,क्राउ परेका छन् । काठमाण्डौ बालाजु १६ गङ्गाहल नजिक सडकमा बिहीवार बिहान बाटो काटिरहेका यात्रीलाई हानेर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका,४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट प,क्राउ गरिएको प्रहरीले जनाएको छ।

वाग्मती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ-काठमाण्डौ रुटमा चल्ने बसको ठक्करबाट काठमाण्डौ तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने रसुवा कालीका गाउँपालिका-५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाण्डौ महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको ज्यान गएकाे थियाे । प,क्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।