एमालेले आजको बैठक पनि गर्यो अवरोध
फागुन ८,काठमाडौं- नेकपा एमालेले आज पनि बैठक अवरोध गरेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका हुन।तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् ।
उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोलन दिएका छन ।यस्तै आज संसदमा एमसिसि टेबल गर्ने भन्ने कुरा रहेकोमा विभिन्न दलका सांसदहरुले आपत्ती जनाएका छन।

