संसदमा एमसीसी टेबल भएपछि खनाल नेपालको आपसमा चर्का चर्कि
फागुन ९,काठमाडौं – फागुन – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल भित्र विवाद देखिएको छ।एमसीसीलाई लिएर पार्टीभित्र चर्को मतभेद देखीएको छ।
हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेबुल गर्न दिने निर्णय गरेलगत्तै समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका थिए ।
आज सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा टेबुल गर्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले उभिएर चर्को विरोध गरेका थिए ।
उनले संविधानविपरित जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको भन्दै आक्रोशसमेत पोखेका छन् । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भीम रावलले पनि एमसीसी सदनमा टेबुल नगर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे ।
कार्कीले सदनमा एमसीसी प्रस्ताव पारित गर्नको लागि आग्रह गर्दै गर्दा सांसद रावलले उभिएर नाराबाजी गरेका थिए ।
संसद् बैठकबाट बाहिरिने क्रममा नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ टिप्पणी गरेका थिए । उनले भनेका थिए,‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ ।
भोलीका दिनमा अझ समस्या थपिने निश्चित छ।’उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए ।
हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ ।
’ एमसीसीलाई लिएर उनले अध्यक्ष माधव नेपालप्रति कडा आक्रोश पोखेका छन् ।
पछिल्लो समय एमसीसीको कारण नेकपा (एकीकृत समाजवादी) विभाजनको मुखमा पुगेको छ ।
खनालले अब माधव नेपालसँग सहकार्य गर्न नसकिने भन्दै असन्तुष्ट नेताहरुसँग छुट्टै छलफलसमेत थालेको पाईएको छ ।
झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्नेसम्मको परिस्थिति उत्पन्न भएकोले सोहीअनुसार गृहकार्य भैरहेको समाजवादीका एक नेताले जनाए ।
झलनाथ खनालको नेतृत्वमा नयाँ दल दर्ता भए भीम रावल, घनश्याम भुषाल, झपट रावललगायत एमालेका थुप्रै नेता तथा सांसदहरु पनि जोडिने तयारी भएको छ ।
खनालले एमसीसीबारे पार्टीले लिएको नीति गलत भन्दै यसको भण्डाफोर गर्ने र तत्कालै नयाँ दल गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
खनालको नयाँ नेतृत्वमा बन्ने वामदेव गौतम पनि सहभागी हुने बुझिएको छ । गौतमले एमसीसी फिर्ता लैजानको लागि अमेरिकासँग आग्रह गर्दै आएका छन् ।

