Gold
Bangad salyan

एमाले र काँग्रेसका झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

फागुन ९, काठमान्डौ – नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन । प्रवेश गरेकाहरुलाई अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमका बीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका छन।

सो अवसरमा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको गएको बताए । मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू सहितका नेता तथा कार्यकर्ता छन ।त्यसैगरि सुदुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेका छन।