प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप भएपछि प्रचण्डको आक्रोस

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन्।

उनले प्रदर्शनको क्रममा घाइते भएकाहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेका हुन।विवाद र बिरोधका बीच सरकारले एमसिसी टेबुल गरेको भन्दै आफ्नो पार्टी र संसदिय दलले विपक्षमा उभिने पनि प्रचण्डले स्पष्ट पारेका छन ।

हिजो संसदमा एमसिसी टेबुल भएको छ। एमसिसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भातृ संगठनहरु प्रदर्शनमा छन्। एसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, असुरग्यास पानीको फोहरा चलाएको थियो।