एमसीसी विरुद्धको आन्दोलनमा प्रहरी जोगाउने जानकी श्रेष्ठको बुटिक पसललाई क्षतिपूर्ति दिइने
फागुन १० काठमान्डौ – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलनमा प्रहरी जोगाउने बुद्धनगरकी जानकी श्रेष्ठको बुटिक पसललाई क्षतिपूर्ति दिइने भएको छ।मंगलबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी जानकीको कपडा पसलको निरीक्षण गर्न पुगेका थिए।
निरीक्षणपछि क्षतिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। पसलमा कति के क्षति भएको चाह त्यसको क्षति विवरण उपलब्ध गराईने छ उनले भने।फागुन ८ गते एमसीसी संसदमा टेबल भएको दिन प्रदर्शनकारीले लखेटेपछि प्रहरी बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिक पसलभित्र छिरेका थिए । प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका थिए ।
जानकी भने त्यहि बेला भागेर पसल बाहिर आएकि थिइन्। पसल तोडफोड भएपछि मैले प्रहरी त जोगाए अब मेरो पसलको क्षतिपूर्ति सरकारले दिन्छ के गर्छ भनेर उनले बताएकि थिइन्। प्रजिअ अधिकारी र एसएसपी गिरी आएर निरीक्षण गरेपछि उनले थोरै भएपनि राहत महसुस गरेको बताईन।