Gold
Bangad salyan

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राखिने

फागुन १८ ,बाँके- बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनि नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद हुन्। जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने बताए। बानियाँले जुम्लाकी एक ४० वर्षीया शिक्षिकालाई बाँकेस्थित अप्सरा होटलमा बलात्कार गरेको भन्दै ति महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई पक्राउ गरेको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । बानियाँले आफूविरुद्ध लगाईएको आरोप झुट दाबी गर्दै आएका छन्।