पौने दुई करोडमा माओवादी पार्टी कार्यालय निर्माण प्रचण्डले उद्घाटन गर्ने

चैत ४ सिन्धुली -नेकपा (माओवादी केन्द्र)ले करिब पौने दुई करोड सहयोग संकलन गरी पार्टी कार्यालय निर्माण गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ६ दुई नम्बर बजारमा रहेको पार्टी कार्यालय शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सनिवार उदघाटन गर्ने कार्यक्रम रहेको छ।

भवन निर्माणको लागि हालसम्म एक करोड ८० लाख रुपैयाँ खर्च भएको जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले जानकारी दिएका छन । उनका अनुसार कार्यालय निर्माणका लागि एक हजार दाताहरुले सहयोग गरेको समेत जनाएका छन।

हालसम्म रकम सहयोग गर्ने भनिएका सबै दाताबाट रकम प्राप्त नभएको र २ करोड १५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको उनले बताए । भवनको निर्माण कार्य केहि बाँकी रहेकोले सम्पूर्ण काम सकिन २ करोड १० लाख रुपैयाँ लागत अनुमान रहेको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ ।

चार तले नवनिर्मित भवनमा १४ वटा कोठा, १ हल र एक किचन कोठा रहेका छन् । उक्त भवन निर्माण ६ महिनाअघि निर्माण थालिएको थियो । इञ्चार्च दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने पनि बता।