Gold
Bangad salyan

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

चैत ५   काठमान्डौ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि समय तय गरेको छ।आयोगको शुक्रबार बसेको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको हो।

उम्मेदवारी दिनु भन्दा पहिले स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचार संहितामा गरिएको छ ।आयोगका अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ ।

यस्तै १४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । आयोगले १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ।

निर्वाचन प्रचारप्रसारको काम उम्मेदवारहरुले सुरु गर्ने समय निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुने उनले बताए।