माओवादी चुनावमा एक्लै लड्न सक्छ : वर्षमान पुन
चैत ५,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी चुनावमा आफ्नै तागतमा अघि बढ्ने बताएका छन। माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन।
पछिल्लो चरणमा सत्ता गठबंधनमा रहेको नेपाली काङ्ग्रेसका नेताहरुले माओवादी केन्द्रका नेताहरुको विषयमा विभिन्न टिकाटिप्पणी गर्न थालेपछि विवाद चुलिएको छ।
यस्तै नेता पुनले काङ्ग्रेस नेताहरुले बोल्दा हेक्का पुर्याएर बोल्न र गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिएका छन।
पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्याएको टिप्पणी गर्दै पुनले धेरै नै मात चडेको हो भने फेरि सडकमा पुर्याईदिने चेतावनी दिएका हुन।
हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ । काङ्ग्रेस नेताहरुले बुझ्न जरुरी छ नेता पुनले भने ।
उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिएका छन भने नेकपा एमाले केपि ओलीकै हर्कत हेर्न समेत सुझाय ।
केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्नुहोस आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने -के नबोल्नेबारे विचार गर्नुहोस।
सत्ता उन्मादले केपी केपी ओली आझ प्रतिगमनको नाइके भए । पटकपटक संसद विघटन गरे ।आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुगेको भन्दै काङ्ग्रेस नेताहरुले यहि सम्झेर बस्न पनि पुनले आग्रह गरे।
अहिले केपि ओली ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाउने हाई कार्ने र बस्ने गरेको समेत पुनले बताए । सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी गरे

