Gold
Bangad salyan

माओवादीलाई गठबन्धन चाहिएकोभन्दा पनि माओवादीसँग गठबन्धन गर्न आउछन् : प्रचण्ड

चैत ६ काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई गठबन्धन चाहिएकोभन्दा पनि अरू दल माओवादीसँग गठबन्धन गर्न आउने बताएका छन्।

आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले ज जसले जे भनेपनि माओवादी हैन माओवादीसंग गठबन्धन चाहियो भनेर अन्य पार्टी आउने बताए।

गठबन्धनबाट सरकार बनेको छ भन्ने प्रस्ट थाहा हुँदा पनि अहिले कतिपय कांग्रेसका नेताहरुले माओवादी पार्टीप्रति सुन्न नसकिने गरि बोलेको भन्दै चुनावसंग त्यसको विकल्प खोजिने पनि प्रचण्डले बताए।

माओवादी नेता वर्षमान पुनले पनि केही दिनअघि बुटवलमा ‘कांग्रेसका नेताहरूलाई सत्ताबाट सडकमा पुर्‍याउन सकिने’ बताएका थिए। आफूहरूले सडकमा रहेको कांग्रेसलाई सत्तामा पुर्‍याएकोले ‘माओवादीलाई लक्षित गरेर जथाभावी’ नबोल्न उनले चेतावनी दिएका थिए।