प्रचण्डलाई पखाल्न ड्रम भरि पानी र साबुन किने तर सकिन : केपी ओली

चैत १२, काठमान्डौ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पखाल्दा पखाल्दा वाग्मती मैलो भएको टिप्पणी गारेका छन्।

नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीलाई पखाल्दा ड्रमका ड्रम पानि र साबुनका डल्ला नास भएको तर प्रचण्डलाई सुधार्न नसकीएको बताएका छन्। प्रचण्डलाई युवाहरुले पत्याए मैले पनि अलि अलि पत्याए।

केहि सुधार्न सकिन्छ कि भनेको त झनै सकीएन उनले भने। युवाहरूले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ती देखाएका सपना। मलाई पनि सपार्न सकिन्छ कि जस्तो आँट आयो ।

सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ। अन्तिममा त जहाँको तहीँ। अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरूले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए भने मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उनको भनाइ छ।