प्रचण्डको चुनावी प्रतिबद्धता पुरा ४६ घरधुरी भूमिहिनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण
चितवन – पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका वडा नं २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेर आफ्नो बाचा पुरा गरेका छन्।
अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरमा आयोजित एक कार्यक्रममा त्यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग चितवनले जनाएको छ ।
अध्यक्ष प्रचण्डले लालपूर्जा वितरण गर्दै आफुले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्दै गएको बताए। अध्यक्ष प्रचण्ड सोही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुन्।
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहीनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा धनी पुर्जा पाएका हुन्।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् उपस्थित भएर लालपूर्जा वितरण गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले बताए।

नेकपा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेपछि आफ्नो पुर्जा देखाउदै एक महिला परिवार।

