Gold
Bangad salyan

चितवनमा एमालेका २०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश प्रचण्डले गरे स्वागत

चैत २३ चितवन – स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा माओवादी केन्द्रप्रति जनलहर र आकर्षण बढेको छ। जनता र दिन दुखिको एक मात्र पार्टी नेकपा माओवादी केन्द्र रहेको भन्दै विभिन्न पार्टीका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नेको लहरनै चलेको छ।

बुधवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच चितवनमा नेकपा एमाले ,नेपाली कांग्रेस र अन्य पार्टी छोडी २ सय १० जना युवाहरू माओवादी केन्द्रमा स्वागत गरेका छन्।

माओवादी केन्द्रमा प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनताको असली साथी र राष्ट्रको एकमात्र अग्रगामी शक्ति माओवादी केन्द्र मात्र भएको बताए। कार्यक्रममा बोल्दै उनले अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्दिको यात्रा पुरा गर्न माओवादी ने बलियो हुनुपर्ने बताए।

देशलाई प्रतिगमनमा लैजाने नेपाली जनताले बलिदानी पूर्ण संघर्ष गरेर प्रप्त गरेको उपलब्धिहरूलाई सिघ्याउन देशी बिदेशी शक्तिहरु लागिपरेका छन् भन्दै उनले यूवाहरुको पार्टी प्रबेशले त्यस्लाई परास्त गर्न सहयोगी हुने बताए।

लडेर मात्र हक अधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवाहरूलाई सशक्त ढंगले प्रतिगामीहरूसंग लड्न आग्रह गरे ।चितवनले विकासको मोडल प्रस्तुत गरिसकेको बताउँदै उनले एकता र संघर्षको समैत नेतृत्व गर्न आग्रह गरे ।

दाहाल प्रचण्डले भने ‘प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो ,त्यसलाई कदापी पुरा हुन दिइन्न ‘ । कार्यक्रममा शेर बहादुर लामा, दिनेस लामा, सुनिल परियार, अर्जुन कुमाल , केशब कुमाल , राज लामा, प्रविन लामा, सुरज परियार , रोशन कुमाल , आकाश कुमाल , सुनिल कुमार गोले , अनिल लामा, अशोक लामा, टेक ह गोले, निशल पाण्डे, रोशन पराजुली, विकास थापा , सुवास तमाङ, सुर्य कुमाल , ईश्वर सुनुवार , किशोर परियार लगायत २१० जनाले अन्य पार्टी छोडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।