निलम्बित गभर्नरले दिए सरकारविरुद्द सर्वोच्चमा रिट

बैशाख ४

काठमान्डौ – सरकारले निलम्बित गरेपछि निलम्बित भएका गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले आफूमाथि विना जानकारी र स्पष्टीकरण छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग गर्दै रिट निवेदन गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको बताए । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुने पनि उनले बताए।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर गभर्नर अधिकारीलाई स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।