Gold
Bangad salyan

पलशाह प्रकरणमा पीडितका बाबुले पनि बयान फेरे ,दुर्गेश थापालाई अब के होला

तनहुँ – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन्। आईतबार मात्र बलात्कारको आरोप लगाएकि पिडितले पनि अदालतमा बयान फेरेकी थिइन्।

मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।

जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गर्नुभएको छ।

मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए। उनका अनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। दुर्गेशले दुई जनाको बयानमा आफूलाई केहि जानकारी नभएको बताएका छन्। मैले सुनेको मात्र हुँ भन्नुभयो उनले भने।

पिडितले बलात्कार आरोप लगाएपनि अभिनेता पल शाहले यो कुरा अस्विकार गरेका छन्। त्यस्तै पल शाहलाई फसाउन गायक दुर्गेश थापा लगायत तिन जनाले यो षड्यन्त्र रचेको अडियो बाहिरिएका छन्। प्रहरीले ति सबै प्रमाण सामग्रीहरि अदालतमा पेश गरेको छ भने अनुसन्धान भईरहेको छ।

 

नायक पल शाहका म्यानेजर पक्राउ