चाैरजहारी नगरपालिकामा माओवादी केन्द्र वाइसिएल नेपालको माेटरसाइकल र्याली
रुकुम पश्चिम -कर्णाली प्रदेश पश्चिम् रुकुमको चाैरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट माओवादी केन्द्र पार्टीकाे भातृ संगठन वाइसिएल नेपालले चाैरजहारी भ्यालीबाट माेटरसाइकल र्याली निकालेकाे छ ।
चाैरजहारीकाे वडा नम्बर ३ को पार्टी कार्यालयबाट सुरु भएको माेटरसाइकल र्याली साेती काेटजहारी, जुम्लीपाेखरी ,जाेगीनेटा ,तिमीले, लिउरेबारी, नुवाकोटडाँडा लामाडाँडा रातामाटा सिम्खाेली मुलजिउला खाेलागाउँ मलामेडाँडा शान्ति बजार नार्जी हुँदै चौरजाहारी नगरपालिकाका १४ वटा वडा नै मोटरसाइकल र्याली परिक्रमा गर्दै चौरजाहारी वडा नम्बर ३ को पार्टी कार्यालयमा समापन्न गरिएको ।
प्रदेश वाइसीएल सदस्य बालकृष्ण बुढाथोकीका अनुसार भाेलि देखि कुनै पनि निर्वाचनकाे प्रचारप्रसार गर्न नपाउने भएपछि १४ वटै वडाहरुमा परिक्रमा गरिएकाे बालकृष्ण बुढाथोकी अनि वाइसीएल अध्यक्ष लालबहादुर कटुवालले जानकारी दिए छ ।
मोटरसाइकल र्यालीमा ३२५ वटा मोटरसाइकल अनि दुइ वटा जीप् र्यालीमा उपलब्ध गरिएको थियो ७४० जना वाइसीएल कार्यकर्ता सहभागी भएका थिए ।निर्वाचन आयोगले आज रातीको १२ बजे देखि कुनै पनि चुनावी प्रचार गर्न नपाईने बताएको छ।
चौरजाहारी मोटरसाइकल नगर परिक्रम मोटरसाइकल र्यालीमा प्रदेश सदस्य छितिज कार्की प्रदेश सदस्य बालकृष्ण बुढाथोकी नेपाल नेपाल कम्युनिस्ट का नेता सुदास सुनार नगर वाइसीएल अध्यक्ष लालबहादुर कटुवाल एलबी उपाध्यक्ष रेसम केसी को सहभागी मा मोटरसाइकल र्याली सम्पन्न गरिएको हो ।
चुनाव प्रचारको भुमिकामा असल भुमिकाको न्यनेत्रत्व गर्नुहुने सबै वडाका युवा वाइसीएल हरुलाई नगर प्रमुख बिशाल शर्माले राम्रो भुमिका खेलेको भन्दै हार्दिक बधाई समेत दिएका छन भने नगर प्रमुख का उम्मेद्बार पुस्प बादीले पनि युवाको भूमिका भरपुर जिम्मेवार भएको भन्दै हार्दिक धन्यवाद दिदै बिजयको र्यालीमा सबै वडाका कार्यकर्ता लाई बिजय र्यालीमा सहभागी हुन अनुरोध गरेका छन ।