हुम्लाको खार्पुनाथमा मतदान केन्द्रमा झडप १० जना घाइते

बैशाख ३० – हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका,१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेस माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ । झडप भएपछि अहिले मतदान रोकिएको छ । यस्तै हाल सम्म ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी रहेको बताईएको छ।

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा भएको हो। झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।