Gold
Bangad salyan

सल्यानको कुमाख गाँउपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

जेठ १ ,सल्यान – सल्यानको कुमाख गाँउपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ। २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको गाँउपालिकामा यस पटक माओवादी केन्द्रले उपाध्यक्ष समेत गुमाएको छ।

यहाँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी निर्वाचित भएका छन् भने एमालेका लालबहादुर रावत उपाध्यक्षमा विजयी भएका छन्।