शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा आगलागी एक जनाको जलेर मृत्यु

जेठ ८ चितवन- भरतपुर महानगरपालिका,१० स्थित शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमामा आगलागी भएको छ। कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा सकुन्तलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीलेले बताए। घटनामा परी भरतपुर,१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो।

सोही कार्यालयमा कार्यरत भरतपुर,७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। आइतबार दिउँसो १:१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक आगलागी भएको थियो