मेयर बालेन शाहले भने एक हप्ताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउँछौ

जेठ २०

काठमान्डौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

यस्तै यसको विषयमा मेयर शाहले विज्ञसंग छलफल गर्ने पनि बताए। यस्तै तिन महिना भित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। एक हप्ताभित्र गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’, उनले भने।

बन्चरेडाँडाको सबै रिपोर्ट हेरर उनले सड्ने र नसड्ने फोहोर छुट्टयाउने र त्यसबाट मल र ग्यास निकाल्ने बताए। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घर-घरमा जनचेतना फैल्याउ काम गर्ने समेत शाहले बताए ।

त्यस्तै अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। काठमाडौं महानगरपालिकामा रहेको फोहोर व्यवस्थापन गर्नमा स्थानीयले कुनै अवरोध नगर्नुस तपाईहरुलाई पनि राम्रू हो सबैलाई राम्रो हो उनले भने।

मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि दोहोर्याए। यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्।