Gold
Bangad salyan

मन्दिरमा दलित पुजा गर्न पसेको भन्दै बाजुरामा वडा अध्यक्षले नै गरे कुटपिट

असोज १४,बाजुरा – बाजुरामा दलित मन्दिरमा पसेको भन्दै वडा अध्यक्षले कुटपिट गरेका छन।

गत ११ गते बाजुराकाे नाटेश्वरी मन्दिरमा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै नवरात्री बस्न भनेर पुर्ख्याैली घर बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै कुटपिट गरि उन अपशब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।

अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाटेश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातीय विभेद गर्दै आफूसंंग भएको नगद ६० हजार समेत लुटपाट गरेको पीडित जानकारी दिएका छन् ।

वडा अध्यक्ष जुद्ध ऐडीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको खबर छ । अन्य दुईजना फरार रेहेकाे प्रहरीले जनाएको छ । पीडित सुनारको शरीरभरी र अनुहारमा चोट लागेको छ ।