६५ बर्षका भुवन केसि छिट्टै तेस्रो विहे गर्दै

कार्तिक ९

काठमान्डौ – नायक भुवन केसिले छिटै विहे गर्ने बताएका छन । ६५ बर्षका भुवनको यो उनको तेस्रो विवाह हुने छ।

दुई विवाह टुंगिएपछि भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा छन् ।

तर, दुवैले रीति-रिवाजअनुसार विवाह गरेका छैनन् । अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा रहेको उनले बताए ।

अर्थात्, उनले जीयासँग विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

अन्तर्वार्तामा जीयाको नाम नलिएपनि केसीले निर्णायक मोड दिने सोचमा आफू र रहेको र त्यसमा परिवार पनि सकारात्मक रहेको बताए ।उनले जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं ।

उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ ।

अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।

उनले आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०/२५ वर्ष भइसकेको बताए ।

तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरेको उनको भनाई छ ।दोस्रो श्रीमतीसँग भने भेटघाट र बोलचाल नहुने गरेको भुवन बताउँछन् ।

तर, आफूलाई अनमोल जस्तो अनमोल छोरा दिएकोमा कान्छी श्रीमतीप्रति उनी सम्मान प्रकट गर्छन् ।