भूकम्पपीडिका घर निर्माण गर्दिने भन्दै ६६ लाख लगेर भागेका ठेकेदार पक्राउ
कार्तिक १७
काठमान्डौ – भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएर ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ परेका छन।
मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी लमजुङमा भूकम्प पिडितहरूको पुन नया घर निर्माण गर्ने भनेर रू ६६ लाख ठगेर भागेका थिए ।२०७२ सालको भूकम्पले तहसनहस गरेका घर बस्ती अझै निर्माण हुन सकेका छैनन ।

