Gold

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार लगियो

Naumule Migrate

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार (सेन्ट्रल जेल) सुनधारा लगिएको छ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागारमा लगिएको हो।
लामिछानेविरुद्ध एक १७ बर्षकि नाबालिकमाथि बलात्कार गरेको आरोप छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई कारागार लैजान आदेश दिएको हो।

शुक्रबार दुबै पक्षको थुनछेक बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।

सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।उनलाई धरौटीमा छाड्नका लागि दलिल पेस गरिएको थियो।

Naumule Badhipahiro