Gold
Bangad salyan

प्रचण्डको निर्वाचन क्षेत्रमा युवा परिचालनको जिम्मा कमाण्डर सुदिप नगरकोटी र धिराज उपरकोटीलाई

काठमान्डौ – गोरखा क.प्रचण्डको निर्वाचन क्षेत्र मायुवा परिचालनको कमाण्डर वाईसीएल केन्द्रीय सचिव सुदिप नगरकोटी र सह-कमाण्डर तथा ऊपप्रमुख वाईसीएल केन्द्रीय सदस्य तथा सह-प्रवक्ता धिराज उपरकोटी लाई तोकिएको छ।

दुवै जना त्यही निर्वाचन क्षेत्रको मतदाता पनी हुनुहुन्छ। आज गोरखा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पाटेचोरमा वाईसीएल नेपाल गोरखाको बिस्तारित बैठकमा जिम्मेवार तोकिएको हो।

वाईसीएल नेपाल केन्द्रीय अध्यक्ष सुबोध श्रिपाली सहित वाईसीएल केन्द्रीय हेडक्वाटर सहितको उपस्थितिमा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य तथा अहिले गोरखा जिल्लाका निर्वाचन परिचालन समितिका संयोजक हरि अधिकारीको उपस्थितिमा यो निर्णय गरिएको हो ।

सुदिप नगरकोटी वाईसीएल नेपाल गोरखाको पुर्व ईन्चार्ज र धेरै बर्ष गोरखामा वाईसीएलको जिम्मेवार लिएर बस्नुभएको हो भने धिरज उपरकोटी वाईसीएल नेपाल काठमाडौं मा वाईसीएल नेपालको स्थापना देखि काठमाडौं क्षेत्रीय अध्यक्ष हुदै जिल्ला सचिव हुदै काठमाडौंमा स्थापित वाईसीएल केन्द्रीय नेता हुनुहुन्छ।

गोरखामा पनी स्थापित नै हुनुहुन्छ विशेष गोरखा बारपाक सुलिकोट अजिरकोट गाउँपालीका सिरानचोञ गाउँपालीकामा स्थापित नेताको रूपमा चिन्निनु भयको युवा कमाण्डर हो, धिरज उपरकोटी सामाजिक कार्यमा गोरखामा स्थापित नाम हो।