सेमीफाईनलमा फ्रान्स र बेल्जियमको भिडन्त ,,

असार २६ , एजेनसि – रसियामा जारि विश्वकप २०१८ मा फ्रान्स र बेल्जियमबीच एकले अर्काको प्रतिस्प्रधा गर्ने छन् रसियाको सेन्ट पिटर्सबर्गमा फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, फ्रान्सले भने १ पटक विश्वकप फुटबलको उपाधि उचालेको छ ।

सन् १९९८ मा फ्रान्सले आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन । आजको खेलमा बेल्जियमबाट लुकाकु र फ्रान्स बाट एमबाप्पेको आसमा सबै दर्शक र खेलाडी रहने छन् बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ । दुबै बलियो टिम हो भने दुबै टिमसँग स्टार खेलाडी छन् ।