मतदान केन्द्रभित्र पटका पड्केपछि स्थगित भएको मतदान पुन: सुरु

मङ्सिर ४ काठमान्डौ – मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

आइतबार बुढीगंगा गाउँपालिका,१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । मतादाता लाइनमा रहेको र मतदान गरिरहेकै बेला केन्द्रभित्र विष्फोटको ठूलो आवाज आएको थियो ।

पटेका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।