प्रधानमन्त्री देउवाले दिए निर्वाचन आयोग र सुरक्षाकर्मीलाई धन्यवाद
मंसिर ४
काठमान्डौ – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई धन्यवाद दिएका छन।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै प्रधानमन्त्री देउवाले आयोगलाई धन्यवाद दिएका हुन ।
यस्तै देउवाले सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरु लगायत सबैमा हार्दिक धन्यवाद दिएका हुन ।