राष्ट्रिय क्रिकेट सन्दीप लामिछाने आज जेलबाट छुट्दै
काठमान्डौ – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज छुट्दै छन। बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए।
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।पुस २९