Gold
Bangad salyan

ईङ्ग्ल्याण्ड लाई पराजित गर्दै क्रोएसिया विश्वकप फाइनलमा ,,

असार २८ , एजेनसि – रसियामा जारि विश्वकप खेलमा क्रोएसियाले २-१ ले पराजित गर्दै विश्वकप फाईनलमा प्रवेश गरेको छ। क्रोएसियाले विश्वकपको उपाधिका लागि अब फ्रान्ससँग प्रतिस्पर्धा गर्नपर्ने छ ।खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि क्रोएसियाले जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।

इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा भने क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । इंग्ल्यान्डले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

पराजित भएसँगै उपाधि दौडबाट इंग्ल्यान्ड बाहिरिएको छ भने अब तेस्रो स्थानका लागि इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ।क्रोएसियाले भने इंग्ल्यान्डलाई पारजित गर्दै इतिहास बनाएको छ ।पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो । ईङ्ग्ल्याण्डले भने ५२ वर्षपछि पनि विश्वकपमा जाने सपना गुमायको छ।