जहाज भित्र झगडा गर्ने दुई जना पक्राउ
चैत २३
काठमाडौ – जहाज भित्र झग्डा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ विराटनगरबाट उडेको बुद्ध एयरको जहाजमा सवार दुई जनाबीच आकाशमै झगडा भएको थियो।
झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ रहेका छ्न। पैसाको लेनदेन विषयलाई उनिहरुले झगडा गरेको खुलेको छ।

