Gold
Bangad salyan

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कार आरोपमा पक्राउ

साउन १२

काठमाण्डाै –  बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन।

एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजीरहेको थियो।

पोखरेललाई काठमाण्डौको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।