चित्लाङ जाँदै गरेको गाडी दुर्घटना विवरण आउन बाकी
साउन १२
काठमान्डौ – थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ।
थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए।
थप विवरण आउन बाकी रहेको पनि उनले बताए ।

