रवि लामिछानेले चितवनमा सुचारु गरेको बसले महिलाको लियो ज्यान

असार १७

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि भनेर निशुल्क बस सेवा गरेको गाडीले महिलालाई किचेर मारेको छ।

महिलाहरुको लागि भनेर सुचारु गरेको ब्लु बस ना ५ ख ३१३८ नम्बरको बसले स्थानीय ७० बर्षकि धनमाया गुरुङलाई किचेर मारेको हो।

मान्छे झारेर हिड्नै लाको बेला उक्त बसले मंगलबार धनमायालाई ठक्कर दिएको थियो । घाईते मायाको  चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यलय चितववले जनाएको छ।

स्रोतका अनुसार बस मासिक एक लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिइएको हो।

बस कसको हो र मासिक कति भाडा तिर्ने गरी ल्याउनुभएको भन्ने प्रश्नमा लामिछानेले स्पष्ट जवाफ दिएनन्।