भगवती पाण्डे केही घन्टामै रिहा
काठमाडौं – जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनेपछि उनी हिजै रिहा भएकि छिन।
जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।
तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए।
आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएका कारण देखाउँदै अदालतबाट म्याद थप भएन एसपी ढुंगेलले भने।
पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ। ‘हिरासतमा नराख्ने भनिएको हो । मुद्धा चल्छ। आरोपी बाहिरै बसेर मुद्दा लड्नुहुन्छ,’ एसपी ढुंगेलले भने।
अदालतले म्याद थप नगरेपछि हिजै पाण्डेलाई प्रहरीले छोडेको छ। अदालतबाट फर्केर प्रहरी कार्यालयमा आवश्यक प्रकृया पूरा भएपछि हिजो राती नै छाडिएको एसपी ढुंगेलले जानकारी दिए।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। त्यस्पछी फरार रहेकी उनलाई बुधबार पक्राउ गरिएको थियो। साउन १८