Gold
Bangad salyan

अर्घाखाँचीमा बाँदरले बारीको मकै स्वाहा किसान बेहोस

साउन १९

अर्घाखाँची – किसानको मकै बाली फल्ने बेलामा अर्घाखाँचीमा बाँदरले स्वाहा पारेको छ।

जिल्लाको भुमिकास्थान नगरपालिका वाड न ८ ताराखसेमा बाँदर आतंक बढेर मकै जोगाउन मुस्किल भएको स्थानीय किसानहरु बताउँछन।

बादर आतंकबाट कृषकहरु – दुर्गा प्रसाद भुसाल्, जगत प्रसाद भुसाल लगायत का कृषकहरुको मकै बाली नस्ट भएको छ। अहिले उनीहरु अत्यन्तै पिडादायिक अवस्थामा रहेका छन।
उक्त क्षेत्रमा बिगत केही दिन देखि बाँदरले अत्यन्तै धेरै क्षति पुर्‍याएको उनिहरुले बताए ।

वडा कार्यालय र भुमिकास्थान नगरपालिकाको गम्भीर ध्यानाकर्षण समेत किसानले गरेका छन।
तस्वीर – दिलिप राज भुसाल