Gold
Bangad salyan

ललिता निवास प्रकरणमा निष्पक्ष छानवीन हुनुपर्छ : भट्टराई

साउन २२

काठमान्डौ -नेपाल समाजवादिका अध्यक्ष बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा निष्पक्ष छानवीन हुने पर्ने बताएका छन।

कानूनविपरित, राज्यलाई नोक्सान हुने निजी लाभ लिने ढॅगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए कानुन अनुसार कारबाही गरिनुपर्ने उनले बताए ।

हिजो मात्र सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्रीदोय बाबुराम भट्टराई र माधव कुमार नेपालमाथी पनि ललिता प्रकरणमा छानबिन गर्न आदेश दिएको छ।

भट्टराई लेख्छन ललिता प्रकरण लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन
गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढॅगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।

ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानवीन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ। केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानवीनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ! मेरो त्यति वेलाको बयानको व्यहोरा पुनः सार्वजनिक जानकारीकानिम्ति यहाॅ प्रस्तुत छ।