सुमेरु सिटी अस्पतालकि डा.चौधरी नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ

साउन २६

काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. पुनम थापा चौधरीलाई पनि पक्राउ गरेको छ। डा. चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

ब्युरोले यसअघि ७ जनालाई पक्राउ गरिसकेको छ । यो संगै पक्राउ पर्नेको सङ्ख्या आठ जना पुगेको छ ।

सीआईबीले हिजो बिहीवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनील शर्मालाई पनि पक्राउ गरेको थियो ।

मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ ।
सुनिल शर्मालाई भने अदालतले आज रिहा गरेको छ। साउन