प्रधानमन्त्रीले आफै राजीनामा दिनुपर्ने हो : ओली
साउन २८
काठमाडौं – काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीलेप्रधानमन्त्री राजीनामा दिनुपर्ने बताए।
यस्तै गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए ।
‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई भने ‘उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले भनाई छ ।
राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं कि नवौं आश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा ह। त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हलाई हिँड्न अठ्यारो लाग्नु पर्ने होइन ?
गत २ गते काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।