आजबाट संसद्को अवरोध हट्ने प्रधानमन्त्री निरन्तर छलफलमा
काठमान्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबारबाट संसद्को अवरोध हट्ने बताएका छन।
हिजो पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गरेका थिए ।
प्रधानमन्त्री दाहालले हिजै साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन।
प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।भदौ ३

