बागलुङमा एक स्वास्थ्यकर्मी माथी जातिय विभेद बिरामीले औषधि नलिएर गईन
बागलुङ – बागलुङमा एक स्वास्थ्यकर्मी माथी जातिय विभेद भएको छ। बागलुङ नगरपालिका १३ को पैयुँपाटा शहरी स्वास्थ्य केन्द्र बास्कोटमा कार्यरत अनमी सोनम परियारमाथी जातिय विभेद भएको पाईएको हो।
स्वास्थ्य केन्द्रमा आएका एक विरामीले आफु दलित भएकै कारण औषधी नलिएको बताईन।
बागलुङ नगरपालिका ७ स्थित तितौरे शहरी स्वास्थ्य केन्द्रमा कार्यरत सोनम भदौ १ गते पैयुँपाटा शहरी स्वास्थ्य केन्द्रमा सरुवा भएकि थिईन।
भदौ ३ गते आइतबार स्वास्थ्य केन्द्रमा हाजिर भएकी सोनमले बुधबार आफुमाथी जातिय विभेद भएको बताईन।
बुधबार एक स्थानिय महिला ग्यासट्राइटिसको चेकजाँच गर्न स्वास्थ्य केन्द्र आएकि थिइन । अनमी सोनमले भनिन उहाँले नानी नयाँ हुनु हुँदो रहेछ, नाम के हो, घर कहाँ हो थर के हो भनेर सोध्नुभयो मैले सबै कुराको सहजै जवाफ दिए, त्यसपछि उहाँले दमिनी पो रहिछौं तिमीले दिएको औषधी त कसरी खाने लैजान्न भन्नुभयो र जानू भो ।
आजसम्म गाउँको स्वास्थ्य केन्द्रमा उपल्ला जातका स्वास्थ्यकर्मी मात्र आएको अहिले किन दलित पठाएका होलान भनेर कानेखुसी गरेको देखेपछि आफु झसँग भएको सोनमको भनाई छ ।
सुरुवा भएर गएको एक साता नहुँदै जातकै कारण विरामीले औषधी नलिएपछि कार्यलयबाटै रुदै नगर स्वास्थ्य शाखामा जानकारी गराएको उनको भनाई छ।
अनमी सोनमले रुदै फोन गरेपछि बागलुङ नगर स्वास्थ्य शाखाले नगरपालिकामै बोलाएर घटनाबारे जानकारी लिएको छ ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले सोनममाथी जातिय विभेद गर्ने महिलाको सोधखोज गरिरहेको बताए। खनालका अनुसार स्वास्थ्य केन्द्र केही दिन बन्द रहने छ ।
सोनमको जात सोधेपछि बिरामीले आफ्नो नाम थर नबताई गएको पाईएको छ।सबैभन्दा पहिले विभेद गर्नेको पहिचान गर्दैछौ ।’ बागलुङ नगर क्षेत्र भित्र स्वास्थ्यकर्मीमाथी भएको जातिय विभेद अमानवियताको पराकाष्ट भएको दलित अधिकारकर्मी धनबहादुर परियारको भनाई छ ।
दलित भएकै कारण सोनममाथी विभेद गर्नेलाई खोजि गरि कारबाही गर्नुपर्ने उनले बताए । भदौ ९

