ताकुकोट गोरखा समाजले वनस्थलीबाट निकाल्यो जाईजात्रा विगत ६ बर्ष देखि
भदौ १४
काठमान्डौ – गोरखा ताकुकोट सेवासमाज काठमाडौंले आज काठमाडौँ बनस्थलीबाट गाईजात्रा निकलिएको छ।
बिगत ६ वर्ष देखि नियमित बर्षहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट
काठमाडौँ आई बिभिन्न पेसा ब्यबसाई पढ्ने सबै जात जाती हरूले मिलेर सयुत्त रूपमा गोरखा-ताकुकोट सेवासमाज काठमाडौँले आफु जहा रहेपनी आफ्नो संस्कृतिलाई
संरक्षण गर्न गाईजात्रा निकालीने गरिएको छ।
त्यस्तै गरि आज पनि गोरखा ताकुकोट सेवासमाज काठमाडौंले
गाईजात्रा निकालेको हो। यो जात्रामा घोडा भनिन्छ मान्छेलाई सिगारेर काठको बनाएर घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाईन्छ गोलो पाइपको मा कपाडाले मोडिन्छ र चार देखि माथि जति पनी नाच्चन सकिन्छ घोडा र ,सिमालि लिएर नाचिने चिलदार हुन्छ घोडा भन्दा अगाडी दश देखी माथी जति पनी हुन्छन ।
अर्को कमेडि वाला हुन्छ बिभीन्न भेस र भुसामा सबैलाई हसाउने हुन्छ। अर्को गाईको नानी हरू हुन्छन टाउकोमा लेखिएको हुन्छ र अन्य महिलाको कपाडा लगाएर दश देखी धेरै हुन्छन गाईको नानी अर्थात भुसुना भन्छन।
गाईको नानी हरूलाई पानी खुवानी एकजना महिलाको भेसमा हुन्छ त्यसले सबैलाई पानी खुवाए झै गरी नाच्छ।
अर्को रोचक भनेको घोडा जुदाउने हुन्छ दुई वा तिन दुबै तिर बराबर बसेर बिचमा एक एक जनाले गाईड गरेर बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ कुन पछ्यल जित्छ भनेर हेर्न रोचक हुन्छ घोडा जुदाई।
अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुबईतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा लट्ठी जुदाउने र साटिएर फर्किएर खेल्नेछ लाई टाकटुके भनिन्छ।
यसपालि काठमाडौंमा गोरखाको बारपाक सुलिकोट ताकुकोटको गाईजात्रा देखाइएको छ ।
वनस्थलीबाट सुरू भएको गाईजात्रामा पाँच सय देखी माथी उपस्थितमा बनस्थलीबाट सुरू भयको खरिबोट तुफान चोक राधाकृष्णमन्दिर नर्सरी चोक हुदै ढुङ्गेधारा चोक हुँदै बनस्थली चोक अक्सफोर्ड ड्राभिङ सेन्टर मा आई समापन भयको छ ।