हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना माग गर्दै राप्रपाले आज विरोध र्‍यालीसभा गर्ने

भदौ २७

काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा विरोध र्‍यालीसहित सभा गर्ने  भएको छ।

र्‍याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु भैई रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ।

विरोध सभामा अध्यक्ष राजेन्द्र  लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको थियो। विरोध सभामा सहभागी हुन देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौं आइरहेको राप्रपाले जनाएको छ।

गौहत्याको विरोध,  हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, महंगी तथा भ्रष्टाचारको अन्त्य र युवालाई स्वदेशमै रोजगारी नाराका साथ राप्रपाले विरोध सभा गर्न लागेको हो।